एजेन्सी । एप्पल यो वर्ष पनि विश्वकै सबैभन्दा महंगो र उत्कृष्ट ब्राण्ड बन्न सफल भएको छ । एप्पलको भ्यालू १५४०० करोड डलर पुगेको बताइएको छ । फोब्र्स पत्रिकाले विश्वका १ सय महंगा ब्राण्डको लिस्ट बुधबार जारी गर्दै यो कुरा बताएको हो । लिस्टमा गुगल दोश्रो र माइक्रोसफ्ट तेश्रो नम्बरमा छन् । 
 
फोब्र्सका अनुसार विश्वका महंगा १ सय ब्राण्डको सूचिमा सबैभन्दा बढी अमेरिकाका कम्पनीहरुले स्थान सुरक्षित गरेका छन् । 
 
लिस्टमा अमेरिकाको ५२, जर्मनीको ११, जापानका ८ ब्राण्ड्सले आफ्नो स्थान सुरक्षित गरेका छन् । इण्डस्ट्रिको मामलामा टेक्नोलोजी(सूचना प्रविधि) इण्डस्ट्रि नम्बर वान बन्न सफल भएको छ । टेक्नालोजी इण्डष्ट्रिसँग सम्बन्धित १७ वटा ब्राण्ड यो लिस्टमा परेका छन् । फोब्र्सका अनुसार ब्राण्डको मूल्य तथा लोकप्रियताको आधारमा यस्तो सूचि तयार गरिन्छ । हरेक ब्राण्डबाट उठ्ने राजश्व र नाफालाई हेरेर मूल्याङ्कन गरिन्छ । यस्तो रिपोर्ट सम्बन्धित कम्पनीबाट लिने गरिन्छ । त्यसपछि वाल स्ट्रिट रिसर्च र इण्डस्ट्री एक्सपर्टको सल्लाह अनुसार रिपोर्टलाई अन्तिम रुप दिइन्छ । 
 
टप १० ब्राण्ड र तिनको मूल्य(भ्यालू)
१. एप्पल : १५४०० करोड डलर
२. गुगल : ८२५० करोड डलर
३.माइक्रोसफ्ट : ७५२० करोड डलर
४. कोका कोला : ५८५० करोड डलर
५.फेसबुक : ५२६० करोड डलर
६.टोयोटा : ४२१० करोड डलर
७.आइबिएम : ४१४० करोड डलर
८.डिज्नी : ३९५० करोड डलर
९.मेकडोनाल्ड : ३९१० करोड डलर
१०.जीई : ३६७० करोड डलर
 
कुन देशका कति ब्राण्ड ?
अमेरिका : ५२
जर्मनी : ११
जापना : ८
फ्रान्स : ६
स्वीट्जरल्याण्ड : ४
 
सूचिमा परेका टप उद्योग
सूचनाप्रविधि : १०
बित्त सेवा : १३
अटो : १२
कन्ज्यूमर प्याकेज गुड्स : १०
लग्जरी : ८
रिटेल : ८
 
कुन ब्राण्डको कति बढोत्तरी ?
फेसबुक : ४४ प्रतिशत
नेटफ्लिक्स: ३१ प्रतिशत
गुगल : २५ प्रतिशत
अमेजन : २५ प्रतिशत
सिटी : १९ प्रतिशत
 
कुन ब्राण्डमा कति गिरावट ?
आइबिएम: –१७ प्रतिशत
कोच: –१३ प्रतिशत
केटरपिलर: –११ प्रतिशत
सीमेन्स: –८ प्रतिशत