काठमाण्डौ । एप्पल वाचका कारण ज्यान बचाउने खबरहरु आइरहेका छन्।
एप्पल वाचमा धेरै सुविधा दिइएको छ। जसले प्रयोगकर्ताको मुटुको धड्कन बढेको, भुइँमा लडेको वा वा अन्य अवस्थाबारे जानकारी दिन्छन्।
अब एउटा नयाँ रिपोर्टअनुसार एप्पल वाचले एक गर्भवती महिलाको ज्यान बचाएको छ। अमेरिकानिवासी जेसी केलीले आफ्नो र छोरीको ज्यान बचाएकोमा एप्पल वाचलाई धन्यवाद दिएकी छन्।
समाचार एजेन्सी आईएएनएसको रिपोर्टअनुसार एप्पल वाचले महिलालाई असामान्य हदय गतिका बारेमा अलर्ट गर्यो। सुरुमा जेसी केलीले एप्पल वाचबाट प्राप्त अलर्टहरुलाई बेवास्ता गरिन्। एप्पल वाचले महिलालाई लगातार १२० बिट्स प्रतिमिनेट बढाउन अलर्ट दिइरहेको थियो, जब कि उनी कुनै शारीरिक गतिविधि पनि गर्दिनन्।
स्मार्टवाचको निरन्तर अलर्टपछि महिलाले केही गडबड भएको महसुस गरिन्। स्मार्टवाचले महिलालाई लगातार चेतावनी दिइरहेको थियो। त्यसपछि उनले अस्पताल जाने निर्णय गरिन्।
अस्पतालमा केलीलाई भनियो कि उनलाई प्लेसेन्टल एब्रप्सन देखिएको छ। यसले गर्भावस्थाको जटिलता र प्रश्रव पीडाबारे संकेत गर्छ। जसका कारणको रक्तचाप घटिरहेको थियो र रगत पनि कम हुँदै गएको थियो।
एप्पल वाचका कारण केली ठीक समयमा अस्पताल पुग्नसक्षम भइन्। केलीले शेल्बी मारी नामको एक स्वस्थ बच्चालाई जन्म दिइन्। उनले एप्पल वाच अलर्टमा ध्यान दिन मानिसलाई पनि आग्रह गरिन्।
एप्पल वाचमा बिल्ट–इन अप्टिकल हार्ट रेट सेन्सर दिइएको छ। यसका कारण मुटुको गतिको मापन दिनभर जारी रहन्छ। विशेषगरी जब तपाइँ कसरत गर्दै हुनुहुन्छ। यसबाहेक एप्पल वाचमा स्वास्थ्यसँग सम्बन्धित धेरै फिचर्स दिइएको छ। –एजेन्सी
7 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago