काठमाण्डौ। देशमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउन नेपाल राष्ट्र बैंकबाट स्वीकृति नलिए पनि हुने भएको छ। 

विदेशी लगानीलाई सहजीकरण गर्न राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७७ जारी गर्न लागेको हो। यो विनियमावली जारी भएमा देशमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन राष्ट्र बैंकसँग स्वीकृति लिइरहनु पर्ने छैन।

राष्ट्र बैंकले यो विनियमावली जारी गर्नुअघि सरोकारवालासँग रायसुझाव माग गरेको छ। यो विनियमावलीअनुसार विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट स्वीकृति पाएपछि त्यसबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिइरहनु पर्दैन। 

विदेशी लगानी स्वीकृत भएपछि विदेशी मुद्रा भित्र्याउनु वा पठाउनुअघि त्यसको लिखित जानकारी दिन भने राष्ट्र बैंकलाई दिनुपर्ने विनियमावलीमा उल्लेख छ। 

विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७७ हेर्न यहाँ क्लिक गर्नुहोस्।