काठमाण्डौ । रु. १६.२२ करोडको एफपीओ जारी गर्ने तयारी गरेको किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को लोभलाग्दो वित्तीय विवरण सार्वजनिक गरेको छ।

आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १४ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १८५.४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले ७६ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चौथो त्रैमासमा कम्पनीको सञ्चालन मुनाफा पनि ९०.५० प्रतिशत बढाएर १७ करोड रुपैयाँ बढी आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ८ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीले ४० करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष संस्थाले ९ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो हिसाबले समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३१३.४२ प्रतिशतले बढेको छ। 

समीक्षा अवधिमा संस्थाले ४ अर्ब ६४ करोड रुपैयाँ सापटी लिई ५ अर्ब ८१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले ३ अर्ब १४ करोड रुपैयाँ सापटी लिई ४ अर्ब १० करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार १४८.४९ प्रतिशतले बढेर २४ करोड २५ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १६ करोड ७७ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ३७.९५ रुपैयाँ रहेको छ। पीई रेसिया ४५.८५ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १६१.६२ रुपैयाँ रहेको छ। 

संस्थाले गत असार २९ गते एफपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। संस्थाले १२५ रुपैयाँ अंकित दरका कुल १६ करोड २२ लाख ८२ हजार ४३६.२५ रुपैयाँबराबरको एफपीओ निष्कासनको अनुमति मागेको छ।