काठमाण्डौ । एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त भएका छन्। उनलाई एफवान ग्रुपको सञ्चालक समितिको बैठकले नियुक्त गरेको हो।

ढकाल यसअघि एक उद्यमीका रुपमा चर्चित छन्। उनीसँग २४ वर्षभन्दा बढी सफल उद्यमीका रुपमा अनुभव छ।

ढकालले अमेरिकाको ओराकल सर्नर कर्पोरेसनबाट आफ्नो करियर सुरु गरेका थिए। नेपाल फर्केपछि उनी एक सफल उद्यमी बन्न सफल भए। उनले साना किसान सहकारीलाई सफ्टवेयर उपलब्ध गराउनेदेखि विभिन्न किसिमका सफ्टवेयर निर्माण गरे। 

ढकाल यसअघि भायानेटको प्रमुख सञ्चालन अधिकृतका रुपमा समेत कार्यरत थिए। उनले कम्प्युटर विज्ञान र गणितमा स्नातक गरेका छन्। 

एफवान सफ्टमा आबद्ध भएसँगै ढकालले कम्पनीलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। 

सफट्वेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठूला आईटी कम्पनीमध्येको एक हो। सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तीय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाललगायत विदेशी मुलुकमा बिक्रीवितरण गर्दै आएको छ। 

एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो।