काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (वैशाख २८ गते) अन्तिम दिन रहेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि वैशाख २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज वैशाख २८ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

कम्पनीले गत आर्थिक वर्षका कुल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ८ प्रतिशतले हुन आउने बोनस सेयर र बाँकी ०.४२ प्रतिशत नगद (कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश कम्पनीले आउँदो जेठ १० गते आयोजना गर्ने २८ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।