काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको शुक्रबार बिहान बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुका लागि हाल कायम चुक्तापुँजी ८ अर्ब ८९ करोड ३७ लाख १७ हजार १७८ रुपैयाँको कुल १०.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।