काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको रु. २ अर्बको ऋणपत्रमा आज माघ ३ गतेबाट आवेदन खुला गरिएको छ।
बैंकले १ हजार अंकित दरका कुल २० लाख इकाइ भएको ‘एभरेष्ट बैंक डिबेन्चर’ नामक ऋणपत्र निष्कासन गरेको हो। कुल इकाइमध्ये बैंकले १२ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी ८ लाख इकाइ भने सर्वसाधारणका लागि निष्कासन गरिएको छ।
आठवर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा १ लाख इकाइसम्म आवेदन पेस गर्न पाउनेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयरु र मेरो सेयरबाट दिन सकिनेछ।
यो ऋणपत्रको निष्कासन बन्द छिटोमा माघ ६ गते बन्द हुनेछ। उक्त अवधिमा मागअनुसार आवेदन नपरेमा माघ १७ गतेसम्म आवेदन दिन पाइनेछ।
एभरेष्ट बैंकको यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८.५ प्रतिशत ब्याज पाउनेछन्।
एभरेष्ट बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।
नेपाल धितोपत्र बोर्डले एभरेष्ट बैंकलाई गत मंसिर २० गते ऋणपत्र निष्कासनको अनुमति दिएको थियो।
28 minutes ago
35 minutes ago
43 minutes ago
51 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago