काठमाण्डौ । काठमाण्डौको नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालमा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ। 

लायन्स क्लब अफ काठमाण्डौ एभरेष्ट निम्सको सहकार्यमा अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो। शिविर एभरेष्ट अस्पताल, आयान हेल्थ केयर प्राइभेट लिमिटेड र अनमोल हेल्थ केयरको सहयोगमा सञ्चालन हुनेछ। शिविर बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। 

शिविरमा विशेषज्ञ चिकित्सकहरु डा. रामनारायण शाह, डा. निवेश पौडेल र डा. सरोज गौडेलले स्वास्थ्य परीक्षण गर्नेछन्। यसका साथै ल्याबमा पनि ३० प्रतिशत छुट दिइनेछ भने फार्मेसीमा १० प्रतिशत र अन्यमा ३० प्रतिशत छुट दिनेसमेत अस्पतालले जनाएको छ।