काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्तापुँजी १ अर्ब १८ करोड ३६ लाख ४ हजार ४०० रुपैयाँको कुल ६.३१५८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा ६ प्रतिशतले हुन आउने ७ करोड १० लाख १६ हजार २६४ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३१५८ प्रतिशतले हुन आउने ३७ लाख ३७ हजार ६९८ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।