काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २७ औँ वार्षिक साधारणसभा (एजीएम) आज वैशाख २१ गते डोकेको छ।

सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा दिउँसो २ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजी १ अर्ब १८ करोड ३६ लाख ४ हजार ४०० रुपैयाँको कुल ६.३१५८ प्रतिशत लाभांश पारित गर्नेछ। प्रस्तावित लाभांशमा ६ प्रतिशतले हुन आउने ७ करोड १० लाख १६ हजार २६४ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३१५८ प्रतिशतले हुन आउने ३७ लाख ३७ हजार ६९८ रुपैयाँबराबरको नगद लाभांश छन्।

सभाले बोनस सेयर वितरणपछि जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

सभाले कम्पनीको अधिकृत पुँजी वृद्धि गरी ३ अर्ब रुपैयाँ पुर्याउनेसम्बन्धी प्रस्ताव पारित गर्नेछ। 

सोही सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको चयन गरेको छ। 

सभाले गत आर्थिक वर्षको वार्षिक, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले गत वैशाख १२ गते एक दिन बुक क्लोज गरिसकेको छ। यसको अर्थ वैशाख ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।