काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको प्रगतिलाई चौथो त्रैमाससम्मै कायम राख्न सकेमा यो वर्ष ५० प्रतिशतभन्दा बढीको लाभांश क्षमता बनाउनसक्ने देखिएको छ।
अधिकांश बैंकहरुको निस्क्रिय कर्जा बढेर नाफा, प्रतिसेयर आम्दानी, रिटर्न अन इक्वीटीमा गम्भीर गिरावट देखिएकै बेला एभरेष्ट बैंकले भने चमात्कारिक ढंगले अधिकांश सूचकमा उछालको गतिमा प्रगति गरेको देखिएको छ ।
चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा एभरेष्ट बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । यो अवधिसम्म बैंकको चुक्तापूँजी १० अर्ब ६९ करोड रुपैयाँ रहेको छ । दोश्रो त्रैमाससम्मको प्रगति चौथो त्रैमाससम्मै कायम रहेमा बैंकले ५० प्रतिशतभन्दा माथिको लाभांश क्षमता बनाउने देखिन्छ ।
समीक्षा अवधिमा एभरेष्ट बैंकले १ अर्ब ५८ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो मुनाफा ८३ करोड ८९ लाख रुपैयाँमा सीमित थियो ।
अघिल्लो वर्ष १ अर्ब १९ करोडमा सीमित सञ्चालन मुनाफा बढाएर २ अर्ब २६ करोड पुगेको छ भने २ अर्ब १२ करोडमा सीमित खूद ब्याज आम्दानी ३ अर्ब ६७ करोडको उचाईमा पुगेको छ ।
अघिल्लो वर्ष ०.२६ प्रतिशतमा सीमित खराब कर्जाको अनुपात बढेर ०.५५ प्रतिशत पुगे पनि समग्रमा यो निकै कम रहेको, जसका कारण नियामकीय व्यवस्थाबापत नाफा गरिएको रकम धेरै प्रभिजनमा राख्नु नपर्दा र आक्रामक विजिनेश रणनीतिका कारण एभरेष्ट बैंकको नाफा र अन्य सूचक बलियो बनेको देखिएको छ । उदाहरणका लागि अघिल्लो वर्षको यही अवधिमा बैंकले कर्जा तथा अन्य घाटाको प्रभिजनको रुपमा ४० करोड ७७ लाख छुट्याएकोमा यो वर्ष ३३ करोड ६७ लाख मात्र राखेको छ ।
एभरेष्ट बैंकको सेयर प्रिमियमको २३ करोड ८४ लाख रुपैयाँ अझै रहेको छ । त्यो समेत लगानीकर्तालाई लाभांशको रुपमा वितरण गर्न मिल्छ ।
समीक्षा अवधिसम्म बैंकले १ खर्ब ८० अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ५७ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म १ खर्ब ७२ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब बढी कर्जा परिचालन गरेको थियो ।
नाफा ह्वात्तै बढ्दा एभरेष्ट बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) पनि बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म रु.२२.६० रहेको इपीएस बढेर २९.६९ रुपैयाँको उचाईमा पुगेको हो ।
सीडी रेसियो ८६.९९ प्रतिशत तथा ९.९७ प्रतिशत आधार दर कायम गरेको बैंकको पीई रेसियो १७.०८ गुणा कायम भएको छ । सम्पत्तिमा प्रतिफल १.३९ प्रतिशत तथा स्वँपूजीमा प्रतिफल १३.४१ प्रतिशत कायम भएको छ ।
8 hours ago
8 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago