काठमाण्डौ । बजार दैनिक कमजोर बन्दै जाँदा नेप्सेको दैनिक र ३० मिनेटको एमसीडी चार्टमा बिक्रीचाप देखिएको छ।
एमएसीडीअन्तर्गत ३० मिनेटको चार्टमा आज एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काट्न थालेको छ। हिस्टोग्राम भने सकारात्मक नै देखिन्छन् तर फिक्का र छोटा–छोटा बन्दै गएका देखिन्छन्। (हेर्नुहोस् एमएसीडीको कालो एरो)
यो भनेको छोटो समयको ट्रेड गर्नेहरुका लागि बिक्री संकेत हो।
आज ३० मिनेटकै चार्टमा बोलिंगर ब्यान्डमा मूल्य रेखाहरु मध्यब्यान्डभन्दा तलबाट नै झरेका छन्। यसले बजारमा प्राविधिक रुपमा पनि ‘पर्ख र हेर’को अवस्था रहेको देखिन्छ।
आज ३० मिनेटको बोलिंगर ब्यान्ड केही खुम्चिएको देखिन्छ। यसले बजारमा भोलाटाइल कम भएको बुझिन्छ।
३० मिनेटकै चार्टमा आरएसआईको अवस्था बढ्दो गतिमा ४० को जोनमा रहेको देखिन्छ।
पिभट प्वइन्टअन्तर्गत हेर्दा बजार २२५० को विन्दुमा बलियो सपोर्ट बनाएको देखिन्छ। यदि बजार योभन्दा तल गएमा दोस्रो सपोर्ट २१३६ मा रहेको देखिन्छ । तेस्रो सपोर्ट भने २००० आसपासमा हुने देखिन्छ।
यदि बजार बढेमा भने पहिलो प्रतिरोध २५०६ मा देखिन्छ। (तल तस्बिरमा हेर्नुहोस्)
नोट : आओरली र ३० मिनेटको चार्ट भनेको अल्पकालीन ट्रेडरका लागिमात्र हुन्।
7 minutes ago
43 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago