काठमाण्डौ । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसनबीचको सम्झौता संसदबाट अनुमोदन भएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले संसदमा मिलेनियम च्यालेञ्ज कम्प्याक्ट प्रस्ताव पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावको पक्षमा बहुमत सदस्यहरु रहेपछि सभामुख अग्नी सापकोटाले एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको घोषणा गरेका हुन् । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर विरोध र सत्तारुढ गठबन्धनका केही सांसदहरुको समेत तीव्र विरोधका बीच एमसीसी सम्झौता अनुमोदन भएको हो । 

एमसीसी सम्झौता अनुमोदन भएसँगै आजको संसद बैठक सकिएको छ ।

अर्को बैठक फागुन १८ गतेका लागि तोकिएको छ ।