काठमाण्डौ । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले एम बैंकमार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई रु. १ हजार क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ। 

सहकारी संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानीतर्फ प्रेरित गर्ने उद्देश्यका साथ आइएमई पेले एम बैंकमार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई रु. १ हजार क्यासब्याक दिने भएको हो।

यो क्यासब्याक अफरअन्तर्गत प्रत्येक हप्ता एकजना भाग्यशाली प्रयोगकर्ताले रु. १ क्यासब्याक जित्न सक्नेछन्। क्यासब्याकको रकम विजेतालाई वालेटमा प्रदान गरिनेछ। यो क्यासब्याक अफर केही समयावधिका लागिमात्र लागू हुनेछ।

केही समययता आइएमई पे र एम बैंकबीच सहकारी संस्थालाई डिजिटल भुक्तानीसँग जोड्ने उद्देश्यका साथ यो सम्झौता भएको थियो। सम्झौतापत्रमा आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकका प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनले हस्ताक्षर गरेका छन्।