काठमाण्डौ । अमेरिकाले कोभिड–१९ महामारीको समयमा उडान रद्द वा परिवर्तनबाट प्रभावित अमेरिकी यात्रुलाई टिकटको पैसा फिर्ता गर्न ढिलाइ गरेकोमा एयर इन्डियालाई १४ लाख डलर जरिवाना गरेको छ।
अमेरिकी यातायात विभागले सोमबार टाटाको स्वामित्वमा रहेको एयर इन्डिया ६ वटा एयरलाइन्समध्ये एउटालाई यात्रुलाई रिफन्डका रुपमा कुल ६० करोड डलर फिर्ता गर्न निर्देशन दिइएको छ। एयर इन्डियालाई पनि १२.१५ करोड डलर फिर्ता गर्न भनिएको छ।
अधिकारीहरुका अुनसार यात्रुहरुको अनुरोधमा रिफन्ड गर्ने एयर इन्डियाको प्रावधान अमेरिकी यातायात विभागको नीतिभन्दा फरक छ।
अमेरिकी सरकारको नियम अनुसार एयरलाइन्सहरुले उडान रद्द वा परिवर्तनको मामलामा यात्रुको टिकटको पैसा कानुनी रुपमा फिर्ता गर्न आवश्यक छ।
विभागीय छानबिनमा एयर इन्डियाले आधाभन्दा बढी रकम फिर्ता आवेदनहरु प्रशोधन गर्न १०० दिनभन्दा बढी समय लिएको पाइयो। फिर्तामा ढिलाइको यो मामला टाटा समूहको एयर इन्डियाको अधिग्रहणअघिको हो। –एजेन्सी
26 minutes ago
36 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago