काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल(एलआइसी नेपाल)ले आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । 

कम्पनीको बुधबार अपरान्ह बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि हाल कायम चुक्तापूँजीको १०.५२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । 

हाल यो कम्पनीको चुक्तापूँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ । यसकै १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

संचालक समितिले प्रस्ताव गरेको लाभांश नियामक बीमा समितिको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।