काठमाण्डौ । एलजीलाई नेतृत्व र ओलेड टीभी बजारमा निरन्तर प्रभुत्वको लागि मान्यता दिइएको छ। यस वर्ष उत्कृष्टता र ग्राहक अनुभव नवीनताको एक दशक मनाउँदै एलजी ओलेड आफ्नो बेजोड कन्ट्रास्टका साथै परफेक्ट ब्ल्याक, ट्रु–टु–लाइफ कलरहरु, अभूतपूर्व लचकता र पातलोपनको माध्यमबाट प्रिमियम टीभी खण्डमा पहिलो प्राथमिकतामा रहन पुगेको छ।
बजार अनुसन्धान फर्म ओम्डियाका अनुसार कुल ढुवानीबाट बजारको लगभग ६०% प्रतिशत हिस्सा ओगटेर २०२३ को पहिलो त्रैमासिकमा एलजी ओलेड बजारमा अरु प्रतिस्पर्धी ब्रान्डभन्दा अघि रहेर शीर्ष स्थानमा रहेको छ।
१३० भन्दा बढी राष्ट्रमा बिक्री भइरहेको एलजी ओलेड टीभी विश्व बजारमा सबैभन्दा धेरै ठाउँमा उपलब्ध ओलेड टीभी हो। गत वर्ष एलजी ओलेड टीभीहरुको सञ्चित कुल ढुवानी (२०१३ मा उपलब्ध भएदेखि) १५ मिलियन इकाइको आँकडा नाघेको थियो। जसकारण यस कोशेढुंगा पुग्ने एलजी पहिलो टीभी ब्रान्ड भएको छ।
थप रुपमा, एलजीले पहिलो त्रैमासिकमा ७० इन्च र माथिका अल्ट्रा–लार्ज ओलेड टीभीहरुको बजारको ७० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ। कम्पनीले ९७ इन्चको एलजी सिग्नेचर ओलेड एम (मोडल एम३) जस्ता इन्डस्ट्री–लिडिङ सोलुसन्सहरुको साथ अल्ट्रा–लार्ज प्रिमियम टीभी खण्डमा आफ्नो बलियो स्थितिलाई सुदृढ गर्दैछ। जुन मोडल विश्वकै पहिलो कन्ज्युमर टीभी हो। जसले ४के १२० हर्जसम्मको रियल–टाइम भिडियो र अडियो ट्रान्समिसन उपलब्ध गराउँदछ।
पहिलो त्रैमासिकमा एलजीको ओलेड टीभी र एलसीडी टीभीको संयुक्त ढुवानी लगभग ५.५ मिलियन इकाइहरु थिए, जसमा ओलेड टीभीको हिस्सामात्र ७ लाख ३८ हजार इकाइ थियो। यसबाहेक एलजीले २०२३ को पहिलो त्रैमासिकमा आम्दानीको आधारमा विश्वव्यापी टीभी बजारको १७.१ प्रतिशत हिस्सा ओगटेको छ।
गत वर्षको यही त्रैमासिकको तुलनामा कम्पनीको विश्वव्यापी टीभी बजार हिस्सा थोरै घटेको छ। यसको प्रमुख कारण भनेको विश्वव्यापी बजारमा आएको मागको कमी र एलजीको स्टक रिस्क म्यानेजमेन्टमा प्राथमिकता बढेको नै हो। तैपनि एलजी ओलेड टीभीको बिक्री सशक्त रहेको छ। जुन कम्पनीको २०२३ को पहिलो त्रैमासिकमा टीभी बिक्रीको ३० प्रतिशतभन्दा बढी रहेको छ।
पहिलो त्रैमासिकमा विश्वव्यापी टीभी ढुवानी घटेर ४६.५२ मिलियन एकाइ पुगेको छ। जुन २००९ को यही त्रैमासिकमा देखिएको थियो। यद्यपि, २०२३ को तेस्रो त्रैमासिकसम्ममा यसमा सुधार आउनेमा ओमिडा आशावादी रहेको छ र वर्षको अन्त्यसम्ममा ढुवानी बढेर २०५.५१ मिलियन इकाइ पुग्ने प्रक्षेपण गरेको छ। जुन पछिल्लो वर्षको तुलनामा थोरै बढी हुनेछ।
ओलेड टीभी सेग्मेन्टले पनि यस वृद्धिको फाइदा उठाउने आशा रहेको छ। २०२२ मा ३६.७ प्रतिशत बजार हिस्सा रहेकोमा यस वर्षको अन्त्यसम्ममा ओलेड टीभीले प्रिमियम टीभी बजारको ४६.१ प्रतिशत राजस्वमा संकलन गर्ने ओमिडाले प्रक्षेपण गरेको छ। विगत केही वर्षदेखि ओलेड टीभी बजारमा प्रतिस्पर्धा बढेकोले गर्दा ओलेड टीभीहरुको बजार बढ्ने आँकलन गरिएको छ।
एलजीले विभिन्न स्क्रिन साइजहरु– ४२ देखि ९७ इन्चसम्म ८के र ४के अप्सनहरु र छनौट गर्नका लागि प्रिमियम डिजाइनहरुसहितको ओलेड टीभीहरु बजारमा लिएर आएको छ। सहज र सुविधायुक्त फिचरहरु रहेको एलजी टीभीहरुले ग्राहकलाई विशेष अनुभव प्रदान गर्दछ।
एलजी प्रिमियम ओलेड टीभी लाइनअपमा एलजी ओलेड इभो शृंखलाहरु पनि समावेश छन्। जसले उच्यालो, जीवन्त भिजुअल दिन्छ र एलजी लाइफस्टाइल स्क्रिन, जसले विशिष्ट डिजाइनहरुमा आकर्षक पिक्चर क्वालिटीको अनुभव प्रदान गर्दछ। यस वर्ष विश्वको ४० राष्ट्रहरुमा एलजी ओलेड अब्जेट कलेक्सन पोसे, लाइफस्टाइल स्क्रिन परिवारको सदस्य उपलब्ध हुनेछ।
११ वर्षदेखि एलजी ओलेडले वार्षिक सीईएस इन्नोभेसन अवार्डमा सम्मानित भएको छ र थुप्रै ‘बेस्ट टीभी अफ द इअर’ को उपाधि प्रमुख छापाखानाहरुबाट पनि पाएको छ।
ओलेड टीभीको अपार सम्भावनाहरुलाई उजागर गर्न विगतको दशक देखि एलजी जोडतोडले लागिपरेको छ। आजसम्मको उपलब्धिमा बसेर यस कम्पनीले ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्न सेल्फ–लिट प्रविधिको असीमित सम्भावनाहरुको खोजी गर्दै आगामी दशकमा सिर्जना र नवीनतालाई जारी राख्नेछ।
1 minute ago
24 minutes ago
22 minutes ago
45 minutes ago
50 minutes ago
54 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago