काठमाण्डौ । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कको एउटा अभिव्यक्ति फेरि बिटक्वाइनको मूल्यमा उछाल आएको छ। 

मस्कले आफ्नो कम्पनीले कार खरिदमा बिटक्वाइन प्रयोगलाई स्वीकार गरिने अभिव्यक्ति दिएपछि बिटक्वाइनको मूल्यमा उछाल आएको हो। योसँगै बिटक्वाइनको मूल्य ३० हजार डलर माथि पुगेको छ। 

यसअघि गत मे महिनामा मस्कले टेस्ला कार खरिदबापतको भुक्तानीमा बिटक्वाइन स्वीकार नगरिने भनेपछि यसको मूल्यमा लगातार गिरावट आएको थियो। कम्पनीले बिटक्वाइन माइन गर्दा बिजुलीको खपत बढ्ने भन्दै यस्तो निर्णय गरेको थियो। कम्पनीले यो निर्णय कार खरिदबापतको भुक्तानीमा बिटक्वाइन स्वीकार गरिने निर्णय गरेको २ महिनापछि गरेको थियो। 

बिटक्वाइन विश्वकै सबैभन्दा महँगो क्रिप्टोकरेन्स हो। हालै आयोजित क्रिप्टोकरेन्सी कन्फ्रेन्सका क्रममा मस्कले फेरि टेस्ला कम्पनीले बिटक्वाइन स्वीकार्ने घोषणा गरेपछि बिटक्वाइनको मूल्यमा उछाल आएको हो। मस्कले बिटक्वाइन माइनिङमा जीवाश्म इन्धनको खपतको जाँच पनि गर्न लगाउने बताएका छन्। – एजेन्सी