काठमाण्डौ । हालै टेस्ला कम्पनीका मालिक एलन मस्कले ट्विटर किन्न ४३ बिलियन डलर प्रस्ताव गरेका थिए। यस विषयमा निकै विवाद भएको थियो। तर, नयाँ रिपोर्टका अनुसार ट्विटरले मस्कसँग यो सम्झौता गर्ने तयारी गरिरहेको छ।

रिपोर्टमा भनिएको छ– ‘यसको मतलब ट्विटरले मस्कको ५४.२० प्रतिसेयर सम्झौता स्वीकार गर्नेछ भन्ने होइन। कम्पनीले यसका लागि मस्कसँग वार्ता गर्दा अझ राम्रा प्रस्तावहरु खोज्नेछ।’

रोयटर्सका अनुसार मस्कले ट्विटरका सेयरधारकहरुसँग लगातार भेट गरिरहेका छन्। उनी ट्विटरलाई निजी बनाएर स्वतन्त्र अभिव्यक्तिको प्लेटफर्म उपलब्ध गराउन सफल हुने दाबी गर्दै आएका छन्। धेरै ट्विटर सेयरधारकले यस सम्बन्धमा कम्पनीलाई भेटेर मस्कलाई यो सम्झौता हातबाट बाहिर नजान आग्रह गरेका छन्।

यसअघि मस्कले यो सम्झौता ट्विटरका लागि सबैभन्दा राम्रो र अन्तिम भएको बताएका थिए। अब यो भनिएको छ कि ट्विटर बोर्डले मस्कसँगको वार्तामा यो सम्झौताका बारेमा थप जानकारी चाहने निर्णय गरेको छ। 

स्रोतका अनुसार ट्विटर बोर्डले मस्कले यो सम्झौता पूरा गर्न सक्छ कि सक्दैन भनेर हेर्न चाहन्छ।

रिपोर्टले स्रोतहरुलाई उद्धृत गर्दै यो पनि भनेको छ कि ट्विटरले यस सम्झौतामा संलग्न जोखिमहरुबारे अमेरिकी सुरक्षा विनिमय आयोग (एसईसी) जस्ता अनुसन्धान नियामकहरुमार्फत जान्न चाहन्छ। 

मस्कको अफरपछि सोसल मिडिया कम्पनीले कम्पनीमा मस्कको स्टक १५ प्रतिशतले बढ्नबाट रोक्नका लागि ‘पोइजन पिल’को प्रयोग गरेको थियो।

हाल कम्पनीमा मस्कको करिब ९ प्रतिशत सेयर रहेको छ। मस्कले जबाफमा टेन्डर प्रस्ताव गर्ने धम्की दिएका छन्। ता कि ट्विटरका सेयरधारकहरुले उनको बोलीलाई समर्थन गर्न सकून्। –एजेन्सी