काठमाण्डौ । ट्विटरले एलन मस्कको ट्विटर किन्ने ४४ अर्ब डलरको सम्झौताको वेटिङ पिरियड हार्ट–स्कट–रोडिनो एन्टिट्रस्ट इम्प्रुभमेन्ट (एचआरएस) ऐनअनुसार समाप्त जनाएको छ। अब यसलाई ट्विटरको स्टकहोल्ड र नियामक प्राधिकरणले अनुमोदन गर्नुपर्नेछ। 

विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्कले हालै ट्विटर किन्ने घोषणा गरेका थिए। ट्विटर किन्न प्रस्ताव गरेको केही दिनपछि मस्कले सम्झौतालाई ‘टेम्पोररी होल्ड’मा राखे। किनकि उनलाई ट्विटरका बारेमा थप जानकारी चाहिएको थियो। यसमा फेक अकाउन्टको मुद्दा पनि समेटिएको छ।

के हो एचआरएस ऐन ? 

एचआरएस ऐनले अमेरिकामा ठूला रकमको डिलका लागि काम गर्छ। यसअन्तर्गत जब कुनै कम्पनीले अर्बौं डलर वा ठूलो रकमको कारोबार गर्छ भने सम्बन्धित पक्षहरुले फेडरल ट्रेड कमिसन र अमेरिकी न्याय विभागको एन्टिट्रस्ट डिभिजनलाई समीक्षाका लागि रिपोर्ट गर्नुपर्छ।

मस्कले ट्विटर किन्न ४४ अर्ब डलरको प्रस्ताव गरेका थिए। यसमध्ये ३३.५ अर्ब डलर इक्विटी सेयर मूल्यका रुपमा लिनुपर्ने र १३ अर्ब डलर ट्विटरको नाममा ऋण लिनुपर्ने थियो। 

मस्कले राखेका थिए सर्त 

मस्कले ट्विटर किन्नका लागि प्रस्ताव ट्विटरको वास्तविक ग्राहक संख्यामा आधारित थियो। ५ प्रतिशतभन्दा कम खाताहरु नक्कली भएको प्रमाण नभएसम्म उनले सम्झौतामा अगाडि बढ्न नसक्ने जनाएका थिए। यद्यपि मस्कले पछि आफू अझै पनि ट्विटर किन्न प्रतिबद्ध बताएका थिए। 

यदि एलन मस्क आफैँ यो सम्झौताबाट पछि हट्छन् भने उनलाई १ अर्ब डलर जरिवाना लाग्न सक्छ। यस सम्बन्धमा कम्पनी र उनीहरुबीच सम्झौता भइसकेको छ। जसमा सम्झौता रद्द गर्ने पक्षले १ अर्ब डलर जरिवाना तिर्नुपर्ने हुन्छ। –एजेन्सी