काठमाण्डौ । टेस्लाका मालिक एलन मस्कले ट्विटर किन्ने सम्झौता तत्कालका लागि रोकेका छन्।
‘ट्विटर किन्ने सम्झौता अस्थायी रुपमा रोकिएको छ, स्प्याम वा नक्कली खाताहरुले प्रयोगकर्ताको ५ प्रतिशतभन्दा कम प्रतिनिधित्व गर्दछ, यो आँकडालाई लिएर थप जानकारी प्राप्त हुन बाँकी छ’, मस्कले समाचार एजेन्सी रोयटर्सको एउटा समाचार ट्विट गर्दै लेखेका छन्।
रोयटर्सको समाचारअनुसार ट्विटरको अनुमानमा पहिलो त्रैमासमा ट्विटरमा स्प्याम वा फर्जी अकाउन्ट मनिटाइज गर्न सकिन दैनिक सक्रिय युजर्स ५ प्रतिशतभन्दा कम प्रतिनिधित्व गर्दछ। अर्थात् ५ प्रतिशतभन्दा कम यस्ता युजर्सको मनिटाइज गरिएको छ, जुन फर्जी अकाउन्ट छन्।
मनिटाइज्ड प्रयोगकर्ता ती हुन्, जसलाई विज्ञापन दिइन्छ र बदलामा भुक्तानी गरिन्छ। ट्विटरमा पहिलो त्रैमासमा विज्ञापन गरिएका करिब २२ करोड ९० लाख प्रयोगकर्ता थिए।
हालै विश्वकै धनीव्यक्ति एलोन मस्कले ४४ अर्ब डलरमा ट्विटर किन्न प्रस्ताव गरेका छन्। जसलाई कम्पनीले स्वीकार गरेको छ। –एजेन्सी
20 minutes ago
43 minutes ago
52 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago