काठमाण्डौ । टेस्ला र स्पेसएक्सका संस्थापक एलन मस्क ट्विटरको सबैभन्दा ठूलो हिस्सेदार बनेका छन्। उनीसँग ट्विटरको ९.२ प्रतिशत हिस्सा रहेको छ। मस्कसँग ट्विटरको ७ करोड ३४ लाख ८६ हजार ९३८ कित्ता सेयर छन्।

यूएस सेक्युरिटी एक्सचेन्ज एन्ड एक्सचेन्ज कमिसनले यस्तो खुलासा गरेको हो। समाचार बाहिर आएपछि ट्विटरको सेयर प्रि–मार्केट ट्रेडिङमा २६ प्रतिशतभन्दा बढी बढेर ४४९ मा पुगेको छ। गत शुक्रबारको ३९.३१ डलरको स्टकमूल्यका आधारमा एलन मस्कको हिस्साको सेयरको मूल्य करिब २.८९ अर्ब डलर हुन आउँछ। 

मस्कसँग ट्विटरका संस्थापक ज्याक डोर्सीभन्दा ४ गुणा बढी सेयर रहेको छ । डोर्सीको ट्विटरमा २.२५ प्रतिशत सेयर रहेको छ।

मस्क धेरै ट्विटर प्रयोग गर्छन्। तर, लामो समयदेखि उनले ट्विटरको नीतिहरुको आलोचना गर्दै आएका छन्।

गत महिना उनले ट्विटरमा आफ्ना ८० मिलियनभन्दा बढी फलोअरहरुलाई ट्विटरले अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्तहरु पालना गर्छ कि गर्दैन भनेर सोधेका थिए। जसमा ७० प्रतिशतभन्दा बढीले गर्दैन भन्ने जबाफ दिएका थिए। 

यसपछि मस्कले ‘नयाँ प्लेटफर्म चाहिन्छ ?’ भनेर पुनः सोधेका थिए। यस हिसाबले उनी आफ्नै प्लेटफर्म खोल्ने विषयमा गम्भीर रुपमा सोचिरहेको हुन सक्ने देखिन्छ। –एजेन्सी