काठमाण्डौ । अडानी समूहका अध्यक्ष गौतम अडानी यस वर्ष सबैभन्दा धेरै सम्पत्ति गुमाउने मामिलामा पहिलो नम्बरमा छन्।
हिन्डनबर्ग रिसर्चको प्रतिवेदन जनवरी २४ मा बाहिर आउनुअघि अडानी विश्वका धनीहरुको सूचीमा तेस्रो नम्बरमा थिए तर अहिले २१ औँ स्थानमा झरेका छन्।
एक महिनाभन्दा बढी समयदेखि अडानी समूहको सेयर निरन्तर ओरालो लागेको थियो र यसैका कारण गौतम अडानी पनि विश्वका अर्बपतिहरुको सूचीमा ३५ औँ स्थानमा पुगेका थिए। यस वर्ष उनको कुल सम्पत्ति ६०.७ अर्ब डलरले घटेको छ। अहिले उनको नेटवर्थ ५९.८ अर्ब डलरमा झरेको छ।
अडानीले यस वर्ष जति गुमाए, त्यो रकम एलन मस्क, जेफ बेजोस र बिल गेट्सको कुल कमाइभन्दा बढी रहेको छ।
मस्क सबैभन्दा धेरै धन कमाउने मामिलामा पहिलो नम्बरमा छ। यस वर्ष उनको कुल सम्पत्ति ३८.८ अर्ब डलरले बढेको छ। उनी १७६ अर्ब डलरको सम्पत्तिसहित विश्वका धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा छन्।
बेजोसको कुल सम्पत्ति १४.५ अर्ब डलरले बढेको छ र उनी १२१ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वको तेस्रो धनी व्यक्ति हुन्।
गेट्सले यो वर्ष ७.०३ अर्ब डलर कमाए र उनी ११६ अर्ब डलरसहित विश्वका अर्बपतिहरुको सूचीमा चौथो नम्बरमा छन्। यसरी यस वर्ष मस्क, बेजोस र गेट्सले कुल ६०.३ अर्ब डलर कमाए भने अडानीले मात्रै ६०.७ अर्ब डलर गुमाएका छन्।
मेटा (फेसबुक) का सीईओ मार्क जुकरबर्ग यो वर्ष सबैभन्दा धेरै कमाउने हिसाबले दोस्रो नम्बरमा छन्। यो वर्ष उनको कुल सम्पत्ति ३०.२ अर्ब डलरले बढेको छ। उनी ७५.८ अर्ब डलरको सम्पत्तिका साथ विश्वका धनीहरुको सूचीमा १३ औँ स्थानमा छन्। उनीभन्दा माथि रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी १२ नम्बरमा छन्। यस वर्ष अम्बानीको कुल सम्पत्ति ११.३ अर्ब डलरले घटेको छ। उनको कुल सम्पत्ति अहिले ४ ७५.८ अर्ब डलर छ।
बर्नार्ड अर्नाल्ट विश्वका अर्बपतिको सूचीमा शीर्ष स्थानमा छन्। उनको कुल सम्पत्ति १८९ अर्ब डलर रहेको छ। –एजेन्सी
17 hours ago
17 hours ago
17 hours ago
18 hours ago
18 hours ago
19 hours ago
19 hours ago
20 hours ago
20 hours ago
20 hours ago