काठमाण्डौ । टेस्लाका संस्थापक एलन मस्क फेरि विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन्।
फ्रान्सका व्यापारी बर्नार्ड अर्नाल्टलाई पछि पार्दै मस्क फेरि विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका हुन्।
विगत ५ दिनमा टेस्लाको सेयर १२ प्रतिशत बढीले बढेर २०३.९३ डलर पुगेको छ। यही कारणले मस्कले सम्पत्तिमा बढोत्तरी भएको थियो।
ब्लुमबर्ग बिलेनियर्स डन्केक्सका अनुसार मस्कको कुल सम्पत्ति बढेर १९२ अर्ब डलर पुगेको छ। दोस्रो स्थानमा रहेका बर्नार्डको कुल सम्पत्ति १८७ अर्ब डलर रहेको छ।
विश्वका शीर्ष अर्बपतिको सूचीमा अमेजनका मालिक जेफ बेजोस छन्। उनको कुल सम्पत्ति १४४ अर्ब डलर रहेको छ। –एजेन्सी
11 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago