काठमाण्डौ । विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्कले आफ्नो ज्यानलाई खतरा भएको बताएका छन्। उनले आफ्नो हत्याको जोखिम निकै उच्च रहेको दाबी पनि गरेका छन्।

सामाजिक सञ्जाल ट्विटरका मालिका एलन मस्कले भनेका छन्, ‘म खुला कारमा सफर गर्न सक्दिन। मलाई केही नराम्रो हुने सम्भावना धेरै उच्च छ। साँच्चै मलाई पनि गोली हान्न सक्छन्।’

कार निर्माता कम्पनी टेस्ला र स्पेस एजेन्सी स्पेसएक्सका मालिक एलन मस्क आफ्नो बयानका कारण प्रायः विवादमा पर्ने गरेका छन्। हालै उनले ट्विटर किनेर ठूलो संख्यामा कर्मचारीलाई पनि निकालेका छन्।

ट्विटर स्पेसमा दुई घन्टाको प्रश्नोत्तर अडियो च्याटमा एलन मस्कले आफ्नो ज्यानलाई खतरा भएको बताएका हुन्। कसैले चाहेमा मार्न त्यति गाह्रो नभएको उनको भनाइ छ। ‘आशा छ उनीहरुले त्यसो गर्ने छैनन्’, उनले भने, ‘भाग्य पनि मेरो हालतमा मुस्कुराउँछ। यदि तपाईं स्वतन्त्र रुपमा घुम्नुहुन्छ भने निश्चित रूपमा जोखिम बढी छ।’

आफूलाई वाक् स्वतन्त्रताको सबैभन्दा ठूलो समर्थकका रुपमा वर्णन गर्ने मस्कले भने, ‘हरेक दिनको अन्त्यमा हामी केवल त्यस्तो भविष्य चाहन्छौँ, जहाँ हामी उत्पीडित हुँदैनौँ।’ –एजेन्सी