काठमाण्डौ । एलिट क्यापिटल लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न लागेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर अन्डरराइटिङ (धितोपत्र प्रत्याभूति) गरेको छ।
एलिट क्यापिटल र रिलायबल लाइफबीच बुधवार यससम्बन्धि सम्झौता भएको हो। एलिटले रिलायबलको ५४ करोड रुपैयाँबराबरको धितोपत्र प्रत्याभूति गरेको हो। यससम्बन्धी सम्झौतामा रिलायवल लाइफका सीईओ नारायणबाबु लोहनी र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरेका छन्।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।
कम्पनीले अंकित मूल्य रु. १०० मा थप रु. ११२ प्रिमियम थपेर प्रतिकित्ता रु. २१२ मा ६० लाख कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको हो। कम्पनीले आईपीओ निष्कासन गर्नका लागि गत साउन १२ गते निवेदन दिएको थियो।
बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ। कम्पनीले आईपीओ निष्कासन गर्नका लागि रेटिङ सम्पन्न गराइसकेको छ। उक्त आईपीओलाई केयर रेटिङ नेपालले केयर एनएपी त्रिपल बी रेटिङ प्रदान गरेको हो।
हाल कम्पनीको चुक्तापुँजी रु. १ अर्ब ४० करोड रहेको छ।
कम्पनीले बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजी रु. २ अर्ब पुर्याउनका लागि रु. ६० करोडबराबरको आईपीओ निष्कासन गर्न लागेको हो।
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago