काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वेल्थ म्यानेजमेन्ट एन्ड मर्चेन्ट बैंकिङ लिमिटेडको सेयर स्वामित्व खरिद गर्ने भएको छ।

आज आयोजित एक कार्यक्रमबीच एशियन लाइफ इन्स्योरेन्स र वेल्थ म्यानेजमेन्टबीच सेयर लगानी÷स्वामित्व खरिद गर्नेसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ र वेल्थ म्यानेजमेन्टका अध्यक्ष सचिन सिलवालले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि वेल्थ म्यानेजमेन्टमा एशियन लाइफ इन्स्योरेन्सको ५१ प्रतिशत सेयर स्वामित्व कायम हुनेछ। यसका साथै वेल्थ म्यानेजमेन्ट बीमा क्षेत्रमा एसियन लाइफको पहिलो सहायक कम्पनी पनि हुनेछ।

स्वामित्व परिवर्तनपछि वेल्थ म्यानेजमेन्टको नाम परिवर्तन गरी एशियन क्यापिटल लिमिटेड कायम हुनेछ। वेल्थ म्यानेजमेन्टले हाल लगानी व्यवस्थापन र निक्षेप सेवा (डीपी) प्रदान गर्दै आएकोमा भविष्यमा नियामक निकायबाट स्वीकृति लिई अन्य मर्चेन्ट बैंकिङ सेवाहरु पनि प्रदान गर्ने लक्ष्य लिएको छ।