काठमाण्डौ । नेपालका चर्चित स्वदेशी ब्राण्डहरु शिखर सुज, बिएफ डियरहिल सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, सफ्टटच सुज, लेदर विड्डस, टाकुरा सुज, इजी शुज, टम टेलर र शुल्याण्ड सहितको ब्राण्डहरु एकै छानामुनी रहेको नेपाली जुत्ताघरले २०७५ सालको एसईई उत्तिर्ण विद्यार्थीहरुका लागि उच्च शिक्षाका लागि छात्रवृत्ति कार्यक्रम ल्याएको छ । 

यस योजनामा ग्राहकवर्गहरुले नेपाली जुत्ताघर मार्फत जुनसुकै ब्रण्डको जुुत्ताचप्पल खरिद गर्दा पाउने लक्की ड्र कुपन मार्फत भाग्यशाली विद्यार्थीले छात्रवृत्ति पाउनेछन् । 

विगतमा पनि नेपाली जुत्ता घरले यस्तैखाले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । नेपाली जुत्ताघरले प्रारम्भिक बाल विकास केन्द्रकी संस्थापक पुष्पा बस्नेतलाई सो संस्थामा आश्रीत बालबालीकाका लागि जुत्ता सहयोग गरेको थियो, यस्तै विभिन्न प्रकृतिक प्रकोपका बेला पनि आर्थिक तथा भौतीक सहयोग गर्दै आइरहेको छ । 

यसै आर्थिक वर्षदेखि जुत्ताघरबाट बिक्री भएको जुत्तामा प्रतिजोर २ रुपैयाँ संकलन गरी एउटा शैक्षीक छात्रवृत्ति अक्षयकोषको स्थापना गर्न लागिएको बताइएको छ । एसइई छात्रवृत्ति योजना अन्र्तगत पहिलो परस्कार नगद छात्रवृत्ति रु. पचास हजार एकजनालाई, दोस्रो पुरस्कार नगद छात्रवृत्ति रु. २५ हजार दुईजनालाई, तेस्रो पुरस्कार नगद छात्रवृत्ति रु. १० हजार पाँच जनालाई र सान्त्वना पुरस्कार दुईजोर कलेज ड्रेस जुत्ता २० जनालाई उपलब्ध गराइने नेपाली जुत्ताघरले जनाएको छ । 

जुत्ता खरिद गर्दाको अर्धकट्टी कुपन अनिवार्य पेश गर्नुपर्नेछ  भने विद्यार्थी भएको परिचयपत्र वा प्रमाणपत्र पेश गर्नुपर्नेछ ।
यो उपहार योजना नतिजा २०७६ भाद्र १ गते नेपाली जुत्ताघर जमलमा प्रत्यक्ष खोलिनेछ । यो उपहार योजना घोषणा भएको १५ दिनभित्र प्रमाण पेश गरी लगिसक्नुपर्नेछ ।