काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमीटेडको मूल्य समायोजन भएको छ । 

यो कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो । 

बोनस सेयरपछिको मूल्य समायोजन भई प्रतिकित्ता ६५७४.१७ रुपैयाँ कायम भएको हो । यो कम्पनीको समायोजनअघिको अन्तिम बिक्री मूल्य ७८८९ रुपैयाँ प्रतिकित्ता रहेको थियो ।