काठमाण्डौ । एक महिनाको अन्तरालमै नेप्से परिसूचक डेढसय अंकको फराकिलो अंकले बढेको छ । परिसूचकले उकालो गति लिएसँगै कारोबार रकमसमेत दैनिक ५ अर्ब रुपैयाँ नाघेर ७ अर्ब नजिक पुगिसकेको छ ।

एक महिनाको अन्तरालमा परिसूचकमा भएको डेढसय अंकको वृद्धिमा नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये २५ कम्पनीको सेयरमूल्यमा २० प्रतिशतभन्दा बढी बढोत्तरी भएपछि सेयरधनी मालामाल बनेका छन् ।

नेप्सेमा एक महिनाकै बीचमा कारोबार भएका कम्पनीहरुमध्ये २ कम्पनीको सेयरमूल्य त डबलभन्दा पनि बढी भएको छ । बिशाल बजार कम्पनी(बीबीसी) र साल्ट ट्रेडिङ कर्पोरेसन(एसटीसी)को सेयरमूल्य क्रमशः ११०.२५ प्रतिशत र १०८.१० प्रतिशतसम्म बढेको देखिएको छ । 

बिजशालाले नेप्सेमा एक महिनाका बीच कारोबार भएका कम्पनीहरुमध्ये २० प्रतिशतभन्दा सेयरमूल्य बढेका कम्पनीहरुको अध्ययन गर्दा सबैभन्दा कम चाहिँ पाँचथर पावर कम्पनी लिमिटेड(पीपीसीएल)का सेयरधनीहरुले २०.३३ प्रतिशत बढी कमाएका छन् ।

यो अवधिमा हिमालयन डिस्टीलरीको मूल्य ८३ प्रतिशत बढी, एचआइडिसिएलको ४८ प्रतिशत बढी, ओरिएन्टल होटलको ३९ प्रतिशतभन्दा बढी, सानिमा जनरल इन्स्योरेन्सको ८० प्रतिशत बढी मूल्य वृद्धि भएको छ । 

पच्चीस कम्पनीमध्ये ६ कम्पनीको मूल्य ३० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । १० कम्पनीको मूल्य २५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

यो अवधिमा २५ कम्पनीका लगानीकर्ताले कुस्त पैसा कमाउँदा यो सूचीमा बैंकिङ समूहका एउटा पनि कम्पनी परेनन् ।  

अक्टोबर २८ र नोभेम्बर २४ को दोश्रो बजार मूल्यको अध्ययन गर्दा २० प्रतिशतभन्दा बढीका दरले सम्पत्ति बढाएका कम्पनीहरुको सूची यस्तो छ: