नयाँदिल्ली । भारतको क्याबिनेट बैठकले स्टेट बैंक अफ इण्डिया(एसबीआई)सँग उसका पाँच सहायक बैंकहरुको बिलयलाई स्वीकृति दिएको छ ।

एसबीआई बैंकको सञ्जाल भारत बाहेक ३६ वटा देशमा फैलिएको छ । नेपालमा समेत एसबीआई राम्रै वाणिज्य बैंकको सूचिमा पर्छ । 

भारतका बित्त मन्त्री अरुण जेट्लीले पाँच सहायक बैंकहरुलाई एसबीआईमा बिलय हुन सहमति दिइए पनि महिला बैंकको बिषयमा भने कुनै निर्णय लिइएको छैन । 

एसबीआई बैंकले गत वर्ष नै सहायक बैंक र भारतीय महिला बैंकलाई समेत अक्वायरको प्रस्तावमा सहमति जनाएको थियो । यसपछि उसले यो प्रस्ताव सरकारलाई पठाएको थियो । एसबीआईका पाँच सहयोगी बैंकहरुमा स्टेट बैंक अफ बिकानेर एण्ड जयपुर, स्टेट बैंक अफ त्रावणकोर, स्टेट बैंक अफ पटियाला, स्टेट बैंक अफ मैसूर र स्टेट बैंक अफ हैदरावाद रहेका छन् । 

यी चारमध्ये स्टेट बैंक अफ हैदरावाद बाहेक अन्य तीन सेयर बजारमा सूचिकृत कम्पनी हुन् । यी चार सहयोगी बैंकलाई अक्वायर गरेपछि एसबीआई बैंकसँग ३७ करोड बढीको सम्पत्ति हुनेछ भने ५० करोड भन्दा बढी ग्राहक हुनेछन् । इकोनोमिक टाइम्सका अनुसार एसबीआईले यसअघि सन् २००८ मा स्टेट बैंक अफ सौराष्टलाई अक्वायर गरेको थियो । त्यसपछि २ वर्षपछि स्टेट बैंक अफ इन्दौरलाई समेत मर्ज गरेको थियो । 

एसबीआई बैंकले साना र सहयोगी बैंकहरुलाई मर्जर गर्ने नीति वर्षौदेखि सार्वजनिक गरिरहेको थियो । तर कर्मचारी र उनीहरुका युनियनहरुले यसको विरोध गर्ने गरेका थिए । समाचार अनुसार चार सहयोगी बैंक र महिला बैंकसमेत मर्ज गरेपछि एसबीआई बैंक विश्वकै टप बैंकमध्येमा हुने छ । सन् २०१५ को डिसेम्बर अन्तसम्म यो बैंकको २२ हजार ५ सय शाखा सञ्जाल, ५८ हजार एटीएम काउण्टर थिए । एसबीआई बैंकको विदेशमा मात्रै १९१ वटा शाखा सञ्जाल छ । एसबीआई बैंकको सञ्जाल भारत बाहेक ३६ वटा देशमा फैलिएको छ । नेपालमा समेत एसबीआई राम्रै वाणिज्य बैंकको सूचिमा पर्छ ।