काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिप्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र शुलभ पे (एन क्यास वालेट)बीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ।
राजधानी काठमाण्डौमा बुधबार आयोजित एक कार्यक्रमबीच एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र शुलभ पेका तर्फबाट प्रबन्ध निर्देशक सतिश पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरी सम्झौता आदानप्रदान गरेका थिए।
विगत २० वर्षदेखि कार्डलगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएको एससीटी र नेपाली वालेट प्रयोगकर्तामाझ लोकप्रिय शुलभ पेबीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ।
यस सम्झौतापछि शुलभ पे प्रयोगकर्ताले शुलभ पे वालेटमार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन् भने शुलभ पेमार्फत विभिन्न व्यापार-व्यवसायमा संलग्न व्यवसायीले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्नेछन्। ईएमभी स्ट्यान्डर्डमा जारी गरी फाइनान्सियल स्विचमार्पmत कारोबारको भुक्तानी तथा फर्छ्यौट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago