काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७–७८ को १४.५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ।
गत असोज १३ गते सम्पन्न १४ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएको उक्त बोनस सेयर कम्पनीले सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो। कम्पनीले गत असोज ३ गतेसम्म सेयर अभौतिकीकरण डिम्याट गराएका सेयरधनीको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिएको छ।
हालसम्म पनि सेयर अभौतिकीकरण नगरेकाहरुले डिम्याट खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र अभौतिकीकरण गर्नुपर्ने कम्पनीले जनाएको छ। त्यसपछि मात्र बोनस सेयर जम्मा गरिने कम्पनीले स्पष्ट पारेको छ।
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago