काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब २६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्मको तुलनामा १८.२३ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड ३९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो।
समीक्षा अवधिसम्म कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत १ अर्ब ३९ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आय १ अर्ब १ करोड रुपैयाँ थियो।
समीक्षा अवधिसम्म कम्पनीले ९२ करोड ४५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ७६ करोड ८४ लाख खुद दाबी भुक्तानी गरेको थियो। समीक्षा अवधिमा दाबी भुक्तानी २०.३१ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा ३२.६१ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा १४ करोड ४२ लाख नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर १९ करोड १२ लाख रुपैयाँ सीमित बनेको छ।
कम्पनीको व्यवस्थापन खर्च घटेर २१ करोड ७४ लाख रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च २४ करोड ४८ लाख रुपैयाँ भएको थियो।
कम्पनीको जीवन कोषको आकार बढेर ३४ अर्ब ८० करोड रुपैयाँ पुुगेको छ। गत वर्ष यही अवधिमा जीवन बीमा कोषमा २९ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो।
गत वर्ष यही अवधिमा ९६ करोड ३२ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा तथा कोषको आकार ४४.४३ प्रतिशतले घटेर ५३ करोड ३३ लाख रुपैयाँमा खुम्चिएको छ।
दोस्रो त्रैमाससम्ममा कम्पनीको कुल कायम बीमालेखको संख्या ६ लाख ७ हजार ८४ रहेको छ। गत वर्ष यही अवधिमा यस्तो संख्या ३ लाख ४५ हजार १८९ थियो।
कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १३.१५ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस १४.३५ रुपैयाँ थियो। पीई अनुपात ५२ गुणा र प्रतिसेयर नेटवर्थ १२४.३४ रुपैयाँ रहेको छ।
2 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
13 hours ago
13 hours ago
13 hours ago