काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट कम्पनीको चुक्तापुँजी २ अर्ब १ करोड ७ लाख ६० हजार ७२७.४० रुपैयाँको कुल २७ प्रतिशतले हुन आउने ५४ करोड २९ लाख ५ हजार ३९६.४० रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा २५ प्रतिशतले हुन आउने ५० करोड २६ लाख ९० हजार १८१.८५ रुपैयाँबराबरको बोनस सेयर र २ प्रतिशतले हुन आउने ४ करोड २ लाख १५ हजार २१४.५५ रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्। 

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने बैठकले निर्णय गरेको छ।