काठमाण्डौ । एसियामै पहिलोपटक नेपालमा कृषि कर्जा मेला आयोजना हुन गइरहेको छ।
विगत एक दशकदेखि कृषि र कृषि उद्यमीलाई सबलीकरण गर्ने उद्देश्यका साथ विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको आर एन्ड डी इनोभेटिभ सोलुसन र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा आगामी चैत ९ गतेदेखि १२ गतेसम्म चितवन एक्स्पो सेन्टर भरतपुरमा यो मेला आयोजना हुन लागेको हो। यस मेलाको मुख्य प्रायोजनका रुपमा नबिल बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेड रहेका छन्।
नेपाल बैंकर्स संघको सहकार्यमा हुने कार्यक्रममा बीमा पार्टनरका रुपमा शिखर इन्स्योरेन्स रहेको छ। त्यस्तै फोन पे डिजिटल पेमेन्ट पार्टनरका रुपमा रहेको छ।
नेपालका सबैजसो वाणिज्य बैंक, विकास बैंक तथा बीमा कम्पनीहरु यस मेलामा सहभागी हुने आर एन्ड डी इनोभेटिभले जनाएको छ।
यस मेलामा ‘कृषिमा वित्तीय पहुँचको राष्ट्रिय संवाद’ का साथै देशभरबाट कृषि उद्यमीहरुको सहभागितामा कार्यशालासमेत आयोजना गरिने आयोजकले जानकारी दिएको छ।
नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालय, कृषि विभाग,कृषि पूर्वाधार तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्र,प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा हुन लागेको ५ औँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७८ को विशेष आकर्षणको रुपमा कृषि कर्जा मेला रहने विश्वास आयोजकले लिएको छ।
कृषि कर्जा मेलाको उद्देश्य
यस प्रकृतिको कृषिमा वित्तीय पहुँचसँग सम्बन्धित यस क्षेत्रका सबै साझेदार सम्मिलित मेला विश्वभरमा अमेरिकाको सानफ्रान्सिस्कोमा आयोजना हुने गरेको छ।
19 minutes ago
55 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
14 hours ago