काठमाण्डौ । विश्व बजारमा आज गिरावट आएको छ।
एसियाली सेयर बजारमा अधिकांश सूचकहरुमा गिरावट आएको छ। यो समचार तयार पार्दासम्म जापानको निक्कीमा २० अंकले गिरावट आएको छ। कोरियाका कोस्पिमा पनि गिरावट आएको छ।
यसैगरी हङकङ र सांघाईको सूचकमा पनि गिरावट आएको छ। भारतको सेन्सेक्स आज करिब ४०० अंकले ओरालो लागेको छ।
आज युरोपेली बजारमा पनि गिरावट आएको छ। जर्मनीको ड्याक्समा करिब डेढ अंकले गिरावट आएको छ। लन्डनको फुट्सीमा १.२६ प्रतिशतले गिरावट आएको छ। फ्रान्सको क्याक करिब २ प्रतिशत र इटालीको फुट्सी मिव २.२३ प्रतिशतले गिरावट आयो।
उता अमेरिकी बजारमा भने बढोत्तरी आएको छ।
विश्व बजारमै गिरावट आउँदा क्रिप्टोकरेन्सीमा भने उछाल आएको छ। बिट्क्वाइन साढे २ प्रतिशत, इथेरियममा करिब ३ प्रतिशत, लाइट्क्वाइन साढे ३ प्रतिशत बढेकोमा एक्सआरपीमा भने कुनै परिवर्तन भएको छैन।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा भने आज झिनो गिरावट आएको छ। –एजेन्सी
15 hours ago
15 hours ago
15 hours ago
16 hours ago
16 hours ago
17 hours ago
17 hours ago
18 hours ago
18 hours ago
18 hours ago