काठमाण्डौ । एनसीसी बैंकले ‘एनसीसी प्रफुल्ल मुद्दति खाता’ सञ्चालनमा ल्याएको छ। यस मुद्दती योजनामा निक्षेपकर्ताले  निक्षेप रकमको १० गुणासम्म रकम पाउनेछन्। 

सीमित अवधिसम्म लागू हुने यो योजनामा व्यक्तिगत निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिनदेखि २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले ७ वर्ष १ महिना १२ दिन देखि २४ वर्ष ११ महिना २ दिनसम्म मुद्दति खातामा रकम जम्मा गरेअनुसार दोब्बरदेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन्। 

एनसीसी प्रफुल्ल मुद्दति खाता योजनाको विभिन्न विशेषतरु निम्नानुसार तालिकामा देखाइएको छ–

यसका साथै पहिलो वर्षका लागि रु. ५ लाखसम्मको दुर्घटना बीमा र रु. २ लाखसम्मको घातक रोग बीमा सुविधासमेत उपलब्ध रहेको बैंकले जनाएको छ। 

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा, १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ। 

नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि बैंकले सरल, सहज र भरपर्दो बैंकिङ सेवा तथा ग्राहकमाझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको छ।