काठमाण्डौ । दुई वर्षमा पहिलोपटक अमेरिका तेल उत्पादन वृद्धि गर्ने विश्वकै ठूलो देश बन्ने भएको छ। 

ओपेकले तेल उत्पादन कटौती गर्ने निर्णय गरेकै बेला यस्तो खबर सार्वजनिक भएको हो। 

यो वर्ष अमेरिकाको पश्चिमी क्षेत्रका उत्पादकहरुले नयाँ आपूर्तिमा दैनिक १.६ मिलियन ब्यारेलभन्दा बढी थप्नेछन्। 

अमेरिकाको इनर्जी इन्फोर्मेसन एडमिस्ट्रेसन (ईआईए)का अनुसार यसले यो वर्षभरि विश्वव्यापी उत्पादनलाई सन्तुलन कायम गर्नेछ। त्यो वृद्धि अमेरिकी शेल उत्पादकबाट मात्र आउँदैन। बजार साझेदारीका लागि ओपेकसँग लामो समयदेखि प्रतिस्पर्धा गर्दै आएका दक्षिण अमेरिका र क्यानडाका क्षेत्रहरुबाट पनि आउनेछ। 

नयाँ उत्पादनले ओपेक र सहयोगी रुसले मेदेखि विश्वव्यापी तेलको मूल्य बढाउन खोज्दै गरेको उत्पादन कटौतीलाई लगभग पूर्ण रुपमा नियन्त्रण गर्न सक्ने सञ्चार माध्यमहरुले जनाएका छन्। ‘पश्चिमी क्षेत्र विश्वलाई मध्यम अवधिमा तेलको मूल्यलाई नियन्त्रण गर्न आवश्यक पर्ने सुरक्षित आपूर्ति स्रोत हो’, ल्याटिन अमेरिकाका रिस्टाड इनर्जीका प्रमुख श्राइनर पार्करले भने, ‘ब्राजिल, मेक्सिको, गुयाना, अर्जेन्टिना र भेनेजुएलाले पनि यस वर्ष उत्पादन वृद्धि देखिन्छ, जसले ओपेकको निरन्तर कटौतीको सामना गर्दा आपूर्तिमा सुधार गर्न मद्दत गर्नेछ।’

ईआईएका अनुसार पश्चिमी क्षेत्रका उत्पादकहरुले सन् २०२४ सम्म कच्चा तेलको आपूर्ति दैनिक १ मिलियन ब्यारेल थप्ने क्रममा जारी राख्नेछन्। –एजेन्सी