काठमाण्डौ । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए५७ नेपाली बजारमा सार्वजनिक गरेको छ। उक्त फोन बजारमा सार्वजनिक गर्न पाउँदा कम्पनीले खुसी व्यक्त गरेको छ। ओप्पो ए५७ आकर्षक ड्याजलिङ ओप्पो ग्लो डिजाइन, उत्कृष्ट सुविधा र विश्वसनीयताका साथ मिडरेन्ज फोन प्रयोगकर्ताहरुलाई चकित पार्ने बनाइएको दाबी गरिएको छ। 

ओप्पो ए५७ को 33W SUPERVOOCTM चार्जिङ र उच्च क्षमताको ५००० एमएएच् लङ–लास्टिङ ब्याट्रीले उल्लेखनीय शक्ति र छिटो चार्जिङका साथ प्रयोगकर्ताहरुको दैनिक ब्याट्रीको चिन्ता हटाउँछ।

प्रयोगकर्तारुले ६.५६ ईन्च कलर–रिच डिस्प्लेमा उनीहरुको मनपर्ने कार्य र आनन्द लिन सक्छन्, जब कि आकर्षक अल्ट्रा–लिनियर स्टेरियो स्पिकरहरुले मनोरञ्जन अनुभवलाई अझ बढाउँछ।  १३ एमपी रियर क्यामेराको नाइटस्केप मोड फिल्टरहरु र ८ एमपी फ्रन्ट क्यामेरा सेल्फीहरुको लागि एआई पोर्ट्रेट रिटचिङले कलात्मकता थप्छ र प्रयोगकर्ताहरुलाई फोटोको रूपमा मनमोहक सम्झनाहरु खिच्दा उनीहरुको आफ्नै रचनात्मकता अँगाल्न मद्दत गर्दछ।

स्टाइलिस डिजाइनले दीर्घकालीन सुन्दरताको प्रदान 

ओप्पो ग्लो डिजाइनअन्तर्गत ओप्पो ए५७ को पछाडिको भागलाई नैनो क्रिस्टलले ढाकेको छ। यसमा प्रकाश पर्न साथ यी नैनो क्रिस्टलहरु ताराहरुको आकाशगंगा जस्तै चम्किन्छन् र ओप्पो ग्लो डिजाइनको उत्कृष्ट फिंगरप्रिन्ट र स्क्र्याच प्रतिरोधले यो आकर्षक सुन्दरतालाई स्थायी बनाउँछ। ग्लोइंग ग्रीन फिनिशले बोल्ड र युवाहरुलाई आकर्षित गर्ने रंग ल्याउँछ र ताराहरुलाई चम्किलो पन्नामा परिणत गर्दछ। ग्लोइंग ब्ल्याकमा अन्तहीन रातको आकाशको सम्झना दिलाउने म्याट फिनिश छ। 

टुडी बडी डिजाइनले ७.९९ मिमी अल्ट्रा–थिन फ्रेम सिर्जना गर्न फोनको चौडाइलाई घटाउँछ जसले ओप्पो ए ५७ लाई उच्च पोर्टेबिलिटी प्रदान गर्दछ र यसलाई ह्यान्डल गर्न अझ सजिलो बनाउँछ। यो स्मार्टफोन IPX4 वाटर रेसिस्टेन्स भएकाले प्रयोगकर्ताहरुले वर्षाका दिनहरुमा फोन प्रयोग गर्ने बारे चिन्ता लिनु पर्दैन।

ओप्पो ए ५७ को स्थायी गुणस्तर १३० भन्दा बढी कठोर परीक्षण र ३२० विस्तृत परीक्षण चरणहरु समावेश गरी ड्रप, वाटर रेसिस्टेन्स, रेडिएसन, एम्बियन्ट ईनभारोमेन्ट र सिग्नल इन्टरफेरेसन सहित ६ प्रमुख परीक्षण क्षेत्रमा प्रमाणित छ। पावर थिच्ने बटनहरु ओप्पोको विश्वव्यापी परीक्षण प्रयोगशालाहरुमा ६ दिनमा ५००,००० पटकसम्म फोनले वर्षौंको वास्तविक–विश्व प्रयोगको सामना गर्ने सुनिश्चित गर्न १०,००० हेडफोन सकेटहरुमा प्लग गरि परीक्षण गरिएको छ।

फास्ट चार्जिङ र ५००० एमएएच लामो समयसम्म चल्ने केयर–फ्री ब्याट्री दैनिक प्रयोगका लागि

ओप्पो ए ५७ को क्लास–अग्रणी 33W SUPERVOOCTM चार्ज टेक्नोलोजीले ७२ मिनेटमा ब्याट्री पूर्ण रुपमा चार्ज गर्छ, जब कि ५००० एमएएच लङ–लास्टिङ ब्याट्रीले प्रयोगकर्ताहरुलाई ब्याट्री सकिने चिन्ताबाट टाढा राख्छ। यस्तो द्रुतगति र उच्च क्षमताले घण्टौं आनन्दसँग भिडियो स्ट्रिमिङ, वेब ब्राउजिङ र गेम प्ले गर्न अनुमति दिन्छ, जब कि केवल १० मिनेट प्लग इन युट्युब स्ट्रिमिङका लागि थप २ घन्टा ८७ सेकेन्डका लागि पर्याप्त छ।

ओभर–भोल्टेज र धेरै सुरक्षाहरुले फोनमा महत्वपूर्ण पावर प्रवाह भए तापनि सुपर–पावर चार्जिङ विधिलाई पूर्ण रूपमा सुरक्षित बनाउँछ। उद्योगको अग्रणी अप्टिमाइज्ड नाइट चार्जिङले उत्तम ब्याट्री जीवनको लागि राती फोन कहिले चार्ज गर्ने भनेर गणना गर्न प्रयोगकर्ताहरुको रातभरको दिनचर्याहरु सिकाउँछ र सुपर नाइटटाइम स्ट्यान्डबाइले मनको अपराजेय शान्तिको लागि अनप्लग गर्दा रातभरको ड्रेनलाई २% सम्म घटाउँछ। ब्याट्रीको आयु अधिकतम बनाउन र यसको लामो समयसम्म चल्ने ब्याट्री आगामी वर्षसम्म यस्तै रहिरहोस् भन्ने कुरा सुनिश्चित गर्नको लागि यो ओभरचार्जिङ र ओभर डिस्चार्जबाट पनि सुरक्षित छ।

कलर–रिच डिस्प्ले र स्टेरियो स्पिकरहरुले थप मनोरञ्जन प्रदान गर्दछ 

ओपपो ए ५७ मनोरञ्जनलाई ध्यानमा राखेर बनाइएको हो। यसको चम्किलो ६.५६ इन्च कलर–रिच डिस्प्लेले यसको साइज ठूलो एचडी+रिजोल्युसन र उत्कृष्ट रंग प्रदर्शनका लागि उत्कृष्ट छ। स्क्रिनले एनटीएससी कलर गामटको ९६%  पुनः उत्पादन गर्दछ, यथार्थवादी देखिने स्कीन टोनहरु चलचित्र र खेलहरुको सबैभन्दा ठूलो आनन्दको लागि विशेष प्रभावहरु प्रस्तुत गर्दछ।

यो फोनमा भएकोे आँखाको कम्फर्ट मोडले प्रत्येक दिन स्क्रिनलाई सबैभन्दा अँध्यारो र उज्यालो अवस्थाको सामना गर्न स्वचालित रुपमा समायोजन गर्छ र यसको डिस्प्ले जुनसुकै ठाउँमा प्राकृतिक देखिन्छ। प्रयोगकर्ताहरुले लाइट – नाइट ब्राउजिङका लागि प्रयोगकर्ताहरुले आँखा मोडमा स्विच गर्न सक्छन्, जसले आँखाको थकान कम गर्न डिस्प्लेबाट नीलो प्रकाश निकाल्न कम गर्छ।

ओप्पो ए ५७ मा अल्ट्रा–लिनियर स्टेरियो स्पिकरहरु छन्, जसले सबैभन्दा इमर्सिभ, क्लियर र पन्च ध्वनिको लागि गुणस्तरीय डिजाइनको दोब्बर भोल्युममा फराकिलो – 85dB सम्म स्टेरियो अडियो प्रदान गर्दछ। ओप्पो ए ५७ को अल्ट्रा भोल्युम मोडले श्रवणशक्ति कम भएकाहरुलाई आवाजलाई स्पष्ट बनाउन वा चर्को पार्टीको आवाजलाई पनि कम गर्न ०.४४ गुणा थप लाउडनेस प्रदान गर्दछ।

Dirac ३.० सिग्नल प्रशोधनले ध्वनिलाई अझ सुधार गर्छ र संगीत, चलचित्र वा खेल साउन्डट्र्याक बज्दा ध्वनीको उत्कृष्टतालाई अनुभव गर्न सकिन्छ।

कलरओएस १२.ं१ सफ्टवेयरले उच्च दक्षता र गोपनीयता ल्याउँछ 

कलरओएस १२.१ सफ्टवेयर प्रिमार्जितले  जसले दैनिक फोनमा हुने कार्य तथा अनुभवलाई सहज बनाउँछ। फ्लेक्सड्रपले फोनमा सजिलैसँग मल्टी–टास्किङ्ग गर्न सहज बनाउँछ।  एक विन्डो बाट अर्को विन्डो वा एप्समा गई गुगल लेन्सका साथ थ्री–फिंगर ट्रान्सलेटले प्रयोगकर्ताहरुलाई द्रुत रुपमा ईमेजहरु अनुवाद गर्न दिन्छ।

गोपनीयता ड्यासबोर्डले प्रयोगकर्ताहरुलाई पछिल्लो २४ घण्टामा कुन–कुन एपहरुले स्थान डेटा, क्यामेरा वा माइक्रोफोनमा पहुँच गरेको छ भनी हेर्न दिन्छ। परिष्कृत तस्बिर डेटा गोपनीयताले फोटोहरु सार्वजनिक गर्नु अघि  वा  अनलाइन फोटोहरु पोस्ट गर्दा स्थान जानकारी र अन्य डेटा हटाउन सक्छ।

बजारमा उपलब्धता

ओप्पो ए ५७ नेपालमा ९ श्रावण, २०७९ देखि ओप्पो ग्लो डिजाइन फिनिस सहित ग्लोइंग ग्रीन र ग्लोइंग ब्ल्याक कलरमा उपलब्ध छ। यसबाहेक, यसमा ४ जिबी रोम +६४ जिबी ¥याामसहित ४ जिबी विस्तारित र्याम सफ्टवेयर सहित उपलब्ध छ। यो फोन www.oppo.com/np and [Retail Channel] र  मूल्य रु. २३,४९९ मा बजारमा उपलब्ध छ।