काठमाण्डौ । विश्वमा कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्रगतिमा फैलिइरहेको अवस्थामा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ५ वर्षदेखि १४ वर्ष उमेर समूहका बालबालिकामा संक्रमण अत्याधिक देखिन थालेको चेतावनी दिएको छ। डब्ल्यूएचओले थुप्रै देशहरुमा बालबालिकामा कोभिड संक्रमणको मामिला २–३ गुणाले बढेको जनाएको छ। 

डब्ल्यूएचओको युरोप कार्यालयले उक्त उमेर समूहका बालकालिमा संक्रमण तीव्रगतिमा फैलिइरहेको भन्दै सचेत र सतर्कता अपनाउन चेतावनी दिएको हो। कार्यालयका क्षेत्रीय निर्देशक डा ह्यान्स क्लुजले खोपको उपलब्धताका कारण पछिल्लो समय केही राहात मिलेको र मृत्युको आँकडा पनि भएको बताए। ‘यद्यपि पछिल्लो २ महिनामा ५३ देशहरुमा कोरोना संक्रमणको मामिला मृत्युको आँकडा दुईगुणाले बढेको छ’, उनले भने।

डा क्युजले अहिले पनि डेल्टा भेरिएन्ट रहेको र फेरि ओमिक्रोन भेरिएन्ट पनि देखिएको उच्च सतर्कता अपनाउन आवश्यक रहेको बताए। ‘ओमिक्रोनबाट २१ देशका ४३२ जना संक्रमित भइसकेका छन्’, उनले भने, ‘युरोप र मध्य एसियामा डेल्टा भेरिएन्टको संक्रमण अझै देखिइरहेको छ, तर खोपका कारण गम्भीर बिरामी पर्ने र मृत्यु हुनेको संख्यामा कमी आएको छ।

नयाँ भेरिएन्टको प्रभाव ज्यादा गम्भीर हुनेछ वा कम भन्ने विषयमा यथार्थ जानकारी आउन बाँकी नै रहेको पनि डा क्युजले बताए। – एजेन्सी