काठमाण्डौ । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ बाट अहिले विश्व नै त्रसित बनेको छ।

त्रासका बीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यो भेरिएन्टको हालसम्म हल्का लक्षणमात्र देखिएको जनाएको छ। डब्ल्यूएचओले हाल उपलब्ध खोपहरुले पनि यो भेरिएन्टको संक्रमणको जोखिम कम गर्ने दाबी गरेको छ।

हालसम्म ओमिक्रोन विश्वका २० वटा देशहरुमा पुगिसकेको छ। 

अमेरिकाको द नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजका वैज्ञानिक एन्थोनी फाउचीले ओमिक्रोन भेरिएन्टबाट बच्नका लागि ६ वटा सरल उपाय अवलम्बन गर्न आग्रह गरेका छन्। 

यस्ता छन् फाउचीले अवलम्बन गर्न आग्रह गरेका ६ उपाय –

१. कोभिडको भ्याक्सिन अवश्य लगाउनुहोस्

२. मास्क अनिवार्य लगाउनुहोस्

३. भीडभाडबाट टाढै रहनुहोस्

४. सोसल डिस्टेन्सिङका नियमहरु पालना गर्नुहोस्

५. संक्रमणको लक्षण देखिएमा तुरुन्त कोभिड परीक्षण गर्नुहोस्

६. संक्रमण पुष्टि भएपछि आफूलाई अरुबाट टाढा राख्नुहोस् ।