काठमाण्डौ। कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन विश्व त्रसित बनिरहेकै बेला अमेरिकी सेयर बजारमा भने उछाल आएको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार आज बजार खुलेदेखि नै अमेरिकी सेयर बजारमा बढोत्तरी आएको छ। फ्युचर डाउ जोन इन्डस्ट्रिज एभरेज (वाईएमओ) २९७ अंकले बढेर ३५५०९ मा पुगेको छ। त्यसैगरी नास्डक १०० पनि २६८ अंकले बढेर १६१११ मा पुगेको छ। डाउजोन इन्डस्ट्रियल (डीजीए) पनि सोमबार ६७५ बढेको छ।
यसरी अमेरिकी सेयर बजार बढ्नको मुख्य कारण भने अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख स्वास्थ्य सल्लाहकार एन्थोनी फाउचीले नयाँ भेरिएन्ट ओमिक्रोन डेल्टाभन्दा कम खतरनाक रहेको बताउनु नै रहेको छ। फाउचीको उक्त भनाइले लगानीकर्ताको मनोबल बढ्दा सेयर बजारमा बढोत्तरी आएको हो। – एजेन्सी
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago