काठमाण्डौ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले फेरि एकपटक विश्वको अर्थव्यवस्थाहरुलाई नकारात्मक असर पार्न सक्ने सम्भावना बढेर गएको छ। यही आशंकाबीच ग्लोबल इकोनोमीमा डाउनग्रेडको खतरा बढ्दै गएको बताइएको छ। 

अन्तर्राष्ट्रि मुद्रा कोष (आईएमएफ) की प्रमुख म्यानेजिङ डाइरेक्टर क्रिस्टालिना जोर्जिवाले ओमिक्रोन भेरिएन्टले विश्वका अर्थव्यवस्थाहरु डाउनग्रेड हुन सक्ने बताइन्। ‘ओमिक्रोन तीव्रगतिमा फैलिन सक्ने देखिएको छ’, उनले भनिन्, ‘यसले हाम्रो आत्मविश्वास कम गर्न सक्छ। वैश्विक विकासका लागि हामीले गत अक्टोबरमा गरेका अनुमानहरुमा केही डाउनग्रेड हुन सक्ने देखिन्छ।’

जोर्जिवाले ओमिक्रोन देखिनुअघि नै आईएमएफ डेल्टा भेरिएन्टको नकारात्मक प्रभावका कारण वैश्विक विकासको गतिमा कमी आउनेबारेमा चिन्तित रहेको बताइन्। ‘डेल्टा भेरिएन्टा विकासका लागि एउटा ठूलो अवरोध साबि भयो’, उनले भने, ‘अहिले फेरि ओमिक्रोनले विस्तार सहज बन्दै अवस्थालाई पुनः नकारात्मक असर पार्ने देखिएको छ।’ – एजेन्सी