काठमाण्डौ । ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंकबीच मर्जर सम्झौता भएको छ । 

दुवै बैंक बीच असोज २१ गते मर्जरमा जाने र मर्जरपछि बन्ने बैंकको नाम ओम डेभलपमेन्ट बैंक रहने सम्झौता भएको हो । 

ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंकको बोर्ड बैठकले आफ्ना सेयरधनीलाई क्रमशः २९.२० र १८.९५ प्रतिशत लाभांश वितरणको घोषणा पनि गरेको छ । 

ओभ डेभलपमेन्ट बैंकको मुख्य कार्यालय पोखरामा छ भने मनास्लुको चाहि गोरखामा रहेको छ । मर्जरपछि बन्ने बैंकको मुख्य कार्यालय पोखरामा रहने पनि सहमति भइसकेको छ । 

ओम डेभलपमेन्ट बैंकको चुक्तापूँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको छ । यो बैंकले आर्थिक वर्ष २०७२/७३ मा ३२ करोड ७६ लाख खुद नाफा आर्जन गरेको थियो । 

यसैगरी, मनास्लु विकास बैंकको चुक्तापूँजी १८ करोड ३५ लाख रुपैयाँ रहेको छ । यो बैंकले गत आबमा ४ करोड ४२ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको थियो । 

मर्जरपछि बन्ने बैंकको चुक्तापूँजी १ अर्ब ६८ करोड पुग्ने बताइएको छ । निक्षेप करिब १४ अर्ब हुनेछ भने कर्जा प्रवाह १२ अर्ब ६१ करोडको उचाईमा पुग्नेछ । दुवै बैंकको गरी शाखा संख्या ३६ पुग्नेछ ।