काठमाण्डौ । दुई सातायता ओरालो लागेको सुनको भाउ सोमबार एकदिनै तोलामा १ हजार १०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ हजार १०० रुपैयाँ बढेर प्रतितोला छापावाल सुन ७१ हजार ३०० रुपैयाँ र तेजाबी सुन ७१ हजार रुपैयाँ कायम भएको छ । यसअघि कारोबारको पहिलो दिन आइतबार सुन तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला छापावाला सुन ७० हजार २००  र तेजाबी सुन ६९ हजार ९०० मा कारोबार भएको थियो ।

गत साता समग्रमा सुनको भाउ १ हजार ४०० रुपैयाँले घटेको थियो । 

यसैगरी चाँदी पनि तोलामा सोमबार २५ रुपैयाँले बढेको ८६५ रुपैयाँ कायम भएको छ । चाँदी आइतबार प्रतितोला ८४० रुपैयाँ थियो ।