काठमाण्डौ। लगातार बढिरहेको अमेरिकी डलरकाको भाउ ओरालो लाग्ने क्रम सुरु भएको छ।
डलरका भाउ आज शुक्रबार ९६ पैसाले घटेको हो। हिजो पनि डलरको भाउ २६ पैसाले घटेको थियो। यो दुई दिन गरी डलरको भाउ १.२२ रुपैयाँले घटिसकेको छ।
नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि शुक्रबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर १२१.४२ रुपैयाँ र बिक्रीदर १२२.०२ रुपैयाँ रहेको थियो। जुन हिजो बिहीबारको तुलनामा ९६ पैसाले घटेको हो।
हिजो बिहीबार प्रतिडलर खरिददर १२२.३८ रुपैयाँ र बिक्रीददर १२२.९८ रुपैयाँ काय भएको थियो। हिजो पनि डलरको भाउ बुधबारको तुलनामा २६ पैसाले घटेको थियो। गत बुधबार प्रतिडलर खरिददर १२२.६४ रुपैयाँ र बिक्रीदर १२३.२४ रुपैयाँ कायम भएको थियो।
त्यसो गत अप्रिल १८ मा डलरको भाउ नेपालकै इतिहासमा सर्वाधिक उचाइमा पुगेको थियो। यो दिन प्रतिडलर खरिददर १२१.९३ रुपैयाँ र बिक्रीदर १२२.५३ रुपैयाँ कायम भएको थियो।
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
14 hours ago
14 hours ago