काठमाण्डौ । ओरियन्टल होटेल्स लिमिटेडले लाभांश घोषणा गरेको छ।
होटेल्स कम्पनी सञ्चालक समितिको सोमबार (असोज १ गते) बसेको बैठकले आर्थिक वर्ष २०७९–८०को नाफाबाट हालको चुक्तापुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार ४३७.७३ रुपैयाँको ५.२६३२ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार सेयरधनीहरुलाई ५ करोड ९३ लाख ७३ हजार १८० रुपैयाँ वितरण गर्ने निर्णय गरिएको छ।
यसैगरी सञ्चालक समितिको बैठकले आफ्नो २६ औँ वार्षिक साधारणसभा पनि डोकेको छ। सभा यही असोज २५ गते ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सोही सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज १२ गतेदेखि असोज २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो होटेल्सको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
20 minutes ago
33 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago