काठमाण्डौ । केपी शर्मा ओलीले पुनः प्रधानमन्त्री पदमा नियुक्तिका लागि राष्ट्रपति समक्ष पेश गरेका पत्रमा जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष र संसदीय दलका नेताको समेत हस्ताक्षर रहेको छ । 

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले यस्तो जानकारी दिएका हुन् । 

उनका अनुसार जसपाका अध्यक्ष ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले समेत हस्ताक्षर गरी उनीहरुको दलका ३२ सांसदको समर्थन केपी शर्मा ओलीलाई रहेको पत्र बुझाएका छन् । 

नेकपा एमालेको अध्यक्ष र संसदीय दलको नेता दुवै ओली नै भएकोले यो दलको तर्फबाट समेत १२१ सांसदको समर्थन रहेको दलको पत्रसहितको दाबी पेश गरिएको छ । 

यसरी ओलीले १५३ सांसदको समर्थनसहित ओलीले संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।